“नेपाललाई मुटुमा लिएर गएको थिएँ “ विकास मेराग्लिया

 नेपाली भूमिमा १८ वर्ष आगाडी जन्मिएका युवा हुन् विकास मेराग्लिया

१३ वर्षअघि नेपालबाट इटाली पुगेका विकासलाई  इटालीकै नागरिकले पालनपोषण लागि लागेका थिए। इटालीको फुटबल वातावरणमा हुर्किएका विकास आफ्नो उमेर समूहका टिममा क्षमता देखाएपछि चर्चामा आएका हुन् उनि  ।

युरोपको प्रतिष्ठित क्लब एटलान्टाको जुनियर टिमबाट खेलेपछि विकासको चर्चा इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा हुने गरेको छ।उनी सन् २०१८ मा इटालीको यू-१६ राष्ट्रिय टिममा पर्न  सफल भएका थिए । त्यति बेला उनले यू-१६ राष्ट्रिय टिमबाट समेत खेल्ने अवसर पाएका थिए। त्यस्तै काटोलिया र मारिग्लयोनेसकी सिनियर टिमबाट उनले खेलिसकेका छन्।

इटालीको फुटबल वातावरणमा हुर्किएका उनि मुटुमा आफ्नो जन्मभूमि नेपाललाई सजाएर राखेका थिए। उनी सधैं नेपाल फर्किने सोचिरहन्थे। नेपाल फर्किन माध्यम खोजिरहन्थे।उनले एक अन्तरबार्तामा समेत भनेका छन् ।

उनी अब नेपालको सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि गत मंगलबार नेपाल आए।विकासले शुक्रबार च्यासल युथ क्लबसँग एक वर्षको सम्झौता  पनि गरिसकेको छ। नयाँ क्लबसँग सम्झौतापछि विकासले नेपाल फर्कने सपना पूरा भएकोमा खुसी व्यक्त गरे।

नेपाल आउने मेरो सपना थियो।१३ बर्ष पछि भएपनि पुरा भयो निकै खुशी छु l ‘नेपाली टिमबाट खेल्ने अवसर पाएँ भने धेरै नै खुसी हुनेछु। अहिलेसम्म मैले नेपालमा बसेर यहीँ नै गर्छु भनेर सोचेको छैन तर मुटुमा नेपालको बारेमा केही थियो। नेपालका लागि केही गर्नु पर्छ भन्ने थियो,’ उनले अन्तरबार्तामा भनेका छन् ।

विकास नेपाल आउन राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको भूमिका समेत  महत्त्वपूर्ण मान्न सकिन्छ । उनले  विदेशमा रहेका नेपाली मूलका खेलाडीलाई नेपाली टिमबाट खेलाउनु पर्ने धारणा राखेका थिए। साफ च्याम्पियनसिपका दौरान अलमुताइरीले विकासलाई नेपाल फर्काउने विषयमा कुरा भइरहेको समेत उनको सामाजिक संजाल फेसबुक पोस्ट गरेका  थिए।

धेरै नेपाली फुटबल फ्यानहरूले विकासले नेपाली फुटबल खेल्नु पर्ने भन्दै आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै आइरहेका छन्। निकट भविष्यमा  नेपाली टिमबाट खेल्ने सम्भावना भने कम रहेको छ । किनभने उनले नेपालबाट खेल्न इटालियन पासपोर्ट त्याग्नु पर्छ र नेपालको पासपोर्ट बोक्नु पर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?