१२ को नतिजा नआउँदै त्रिविले निकाल्याे स्नातक भर्नाको सूचना

दमौली : त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको भर्नाका लागि सूचना निकालेको छ ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८०/०८१ का लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सूचना निकालेको हो ।

५ मंसिरदेखि कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ । राष्ट्रिय परीक्षा बाेर्डले १२ कक्षाकाे नतिजा यही महिनाकाे अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

‘नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छाैँ । यही महिनाकाे अन्तिमसम्ममा आउँछ,’ बाेर्डका अध्यक्ष महाश्रम शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?