दमौली : तनहुँको व्यास नगरपालिका -१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित एबिसी म्याथमेटिक्स सर्कलको अध्यक्षमा बर्षा गुरुङको छ । मंगलवार क्याम्पस भएको सर्कलको दोस्रो अधिवेशनबाट अध्यक्षमा गुरुङ चयन भएको हो ।
त्यस्तैगरी , उपाध्यक्षमा सन्जय आले , सचिवमा संगीता बराली , सहसचिवमा अमृत बानिया र कोषाध्यक्षमा देबराज राना भाट चयन भएका छन् ।
सदस्यहरुमा आकृति गुरुङ, सुजता अछामि ,तुलसी थापा ,पवन ढकाल ,रामचन्द्र गोतामे, सुमिना तिवारी ,पबित्रा श्रेष्ठ ,आशिष आले ,अस्मिता आले र सफल थापा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले आगामी दिनमा सर्कलले गणित शिक्षकको उत्पादन गर्ने र बजार प्रतिष्पर्धा गर्न सक्ने क्षमता निर्माण गर्ने योजना रहेको बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?