सन नेपाल लाइफद्धारा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दमौलीमा एक दिने बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरेका छन् ।

कार्यक्रमको सभापति समेत रहेका दमौली शाखाका प्रबन्धक सुदर्शन पोख्रेलले जीवन सुरक्षित गर्न बीमा अनिवार्य रहेको धारणा राख्नुका  साथै लगनशिलताले मानिसलाई सफल बनाउने भन्दै बीमा बारे सचेतना आजको आवश्यकता रहेको अभिकर्ताहरुलाई  उनले  बताएका छ ।

पोख्रेलले  सन नेपाल लाइफ इन्स्योरेन्स  दमौलीका लागि नयाँ भएकाले यसलाई अरु भन्दा उत्कृष्ट कम्पनी बनाउन सक्ने र यसका लागि सबै अभिकर्ताहरुको  सहयोग रहने  बिश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा दमौली  शाखाका प्रबन्धक र अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?