सामुदायिक विद्यालय व्यवस्थापन समिति बन्दिपुरको अध्यक्षमा भुवन बहादुर

दमौली : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बन्दिपुर गाउँपालिकाको अध्यक्षमा भुवन बहादुर विक चयन भएका छन । शुक्रवार भएको प्रथम भेलाले  विकलाई अध्यक्षमा चयन गरिएको हो ।

उपाध्यक्षमा लिला गिरी, सचिवमा भिमलाल गुरुङ र कोषाध्यक्षमा मुना विक चयन भएका छन् ।

त्यस्तैगरी, सदस्यहरुमा मिना थापा , कृष्ण सापकाेटा, मनिषा गुरुङ, भवानी थापा , पञ्चराज गुरुङ, खड्ग बहादुर थापा, भोज बहादुर थापा , सन्त बहादुर सुर्वणकार  चयन भएका छन् ।

महासंघको जिल्ला अध्यक्ष बिष्णुभक्त न्यौपानेको अध्यक्षमा भएको भेलामा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, शिक्षा शाखा प्रमुख बिष्णु खत्री लगायत उपस्थित रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?