अनितादेवीले लिइन् मन्त्रीको शपथ

काठमाडौं : नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् ।

यसअघि, नेकपा (माओवादी केन्द्र)का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?