यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

काठमाडौं : कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने भएको छ । एक सूचना जारी गर्दै टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा सञ्चालिल परीक्षाको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा टेलिकमले नतिजा प्राप्त गर्ने सम्बन्धमा जानकारी दिएको हाे ।​

वेबसाइटबाट हेर्ने तरिका 

-सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ माथिको बक्समा सिम्बाेल नम्बर र तलको बक्समा जन्ममिति राख्नपर्ने हुन्छ । (जन्ममिति राख्दा वर्ष/महिना/दिन (जस्तै २०६१/०१/१४) ।

त्यसपछि तल रहेको सब्मिट बटनमा ट्याप गरे आफ्नो नतिजा हेर्न सकिन्छ ।

एसएमएस 

नतिजा सार्वजनिक भएपछि एसएमएसमार्फत पनि हेर्न सकिन्छ । नतिजा सार्वजनिक भएको केही समयपछि मात्र अनलाइनबाट हेर्न सकिने भएकाले नतिजा सार्वजनिक भए लगत्तै एसएमएसबाट हेर्न सकिन्छ ।

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

यूएसएडी

*1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।

आईभीआर 

-सबैभन्दा पहिले आफ्नो फोनमा १६०१ डायल गरेर कल गर्नुहोस् ।

-त्यसपछि त्यहाँ भने बमोजिम आफ्नो सिम्बोल नम्बर थिच्नुहोस् ।

-त्यसपछि तपाईंले आफूले प्राप्त गरेको जीपीए तथा ग्रेड थाहा पाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?