प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजी

काठमाडौं :  प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गरेको हो ।

समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । सदनको अवरोध हटाउन सभामुखले तीन ठूला दलका शीर्ष नेताहरुसँग छलफल गर्दा पनि कुरा मिल्न सकेको छैन ।

सरकार अझै छानबिन समिति बनाउने पक्षमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?