केशव स्थापित एमाले केन्द्रीय सदस्यबाट अलग

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्राय: निष्क्रिय थिए ।

हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बताए ।

एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?