काठमाडौं : पूर्व मिस नेपाल तथा आर्किटेक शृङ्खला खतिवडाले भविष्यमा इन्जिनियर बन्न चाहनेहरूलाई नेपालमै प्रचुर सम्भावना रहेका बताएकी छिन् ।
सोमबार काठमाडाैं कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजना भएको एक दिने अभिमुखीकरण कार्यक्रममा खतिवडाले इन्जिनियर बन्न चाहनेहरूलाई नेपालमै प्रचुर सम्भावना रहेको बताएकी हुन् ।
उनले हार्वर्ड विश्वविद्यालयबाट अर्वान प्लानिङमा स्नातकोत्तरको आफ्नो अनुभवका साथै विश्वभर इन्जिनियरिङ अध्ययनको अवस्था, यसबाट प्राप्त हुने अवसर र यस क्षेत्रका चुनौतीको बारेमा समेत बताइन् ।
अहिले कक्षा १२ अध्ययन पछि उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्दै गएकोमा नेपाल भित्रै भएका अध्ययनको अवसरलाई विद्यार्थीमाझ अझ सशक्त ढङ्गले पुर्याउन कार्यक्रम आयोजना गरेको पोखरा विश्वविद्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?