एलिजा र मुकेशले गरे नेविसंघ केन्द्रीय सदस्य त्यागेको घोषणा

काठमाडौं :  नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भएका एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय सदस्य नरहेको घोषणा गरेका छन् ।मंगलबार संयुक्त विज्ञप्ति निकालेर ढकाल र घिमिरेले केन्द्रीय सदस्यको पद त्यागेको घोषणा गरेका हुन् ।

साउन २२ गते नेविसंघको ७१० सदस्यीय तदर्थ समिति ल्याइएको थियो । अघिल्लो तदर्थ समितिकी सदस्यसमेत रहेकी ढकालले सो समयमा नै आफू सक्रिय विद्यार्थी राजनीतिबाट अलग बस्ने बताएकी थिइन् ।

विज्ञप्तिमा उनीहरूले काम गर्न पदमा बसिराख्न नपर्नेसमेत लेखेका छन् । नेविसंघलाई दूषित पारेर पार्टीको सुन्दर भविष्य भेट्न नसकिने उनीहरूले बताएका छन् ।

‘नेतृत्व विकासको प्रमुख जगका रूपमा रहेको विद्यार्थी संगठनलाई दूषित पारेर पार्टीको सुन्दर भविष्य भेट्न सकिँदैन । यसले न वर्तमान चुनौती सामना गर्न सक्छ न थप विद्यार्थी आकर्षण गर्न सक्छ,’  विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?