सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?