आँबुखैरेनीमा सामुदायिक विद्यालयका लागि “स्कूल बस”

दमौली : तनहुँको आबुखैरेनी गाउँपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पनि स्कूल बसको व्यवस्था गर्ने तयारी गरेको छ । विद्यालय टाढा भएका कारण पढ्न जानआउन समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाले स्कूल बस सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाको आन्तरिक स्रोतबाट २ वटा ४१ सिटर स्कुल बस गाउँपालिकाले खरिद गरेर गाँउपालिकामा ल्याएको पालिकाले जनाएको छ  ।

पालिकाले खरिद गरेको बस वडा न १ चन्द्रोदय मा बि समस्तिपुर र वडा न २ अकला निमाबि लाई हस्तान्तरण गर्ने पालिकाले जनाएको छ ।

वडा नं. ६ को लागि पालिकाले सवारी साधन भाडमा लिएर विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ । पालिकालेले सामुदायिक विद्यालय सुधार अभियान संचालन गरिहेको पालिका अध्यक्ष शुक्र चुमानले बताए ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय आउँजाउ गर्न सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाको शतप्रतिशत अनुदानमा स्कूल बस खरीद गरी हस्तान्तरण गर्ने तयारी गरेको गाउँपालिकाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?