
दमौली : आजबाट राष्ट्रिय भिटामिन ए कार्यक्रम देशै भरि शुरु हुनुका साथै तनहुँमा पनि शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइन्छ । सोहि अनुसार तनहुँको व्यास ३ अनसन चौतारी केन्द्र बाट आज पहिलो दिन पाँच सय चार जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको व्यास नगर माहिला स्वयमसेविककी सचिव माया देबी सोतीले दमौली अनालाईनलाई जानकारी दियो ।
भिटामिन ए ६ महीनादेखि माथिकालाई खुवाइन्छ भने जुकाको औषधि भने एक वर्षदेखि पाँच वर्षमुनिकालाई खुवाउने गरिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि आफ्ना बच्चाहरुलाई नजिकैका स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको थियो ।
सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?