कोसी प्रदेशसभा सञ्चालन गर्ने सत्ता गठबन्धनको निर्णय, आजै मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौं : सत्ता गठबन्धनले कोसी प्रदेशसभा सञ्चालन गरी आजै विश्वासको मत लिने निर्णय गरेको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले आजका लागि बैठक डाकेकी थिइन् । तर, दनुवार स्वयम् अनुपस्थित भएर अस्पताल भर्ना भएको जानकारी गराएपछि विश्वासको मतमा एमालेले गरेको राजनीतिका रूपमा सत्ता गठबन्धनले अथ्र्याएको छ ।

उपसभामुखले बैठक स्थगित नगरी अनुपस्थित मात्र भएपछि विश्वासको मतमा असहयोग गरेको रूपमा सत्ता गठबन्धनले अथ्र्याएको हो । कार्यव्यवस्था परामर्श समितिले आज दिउँसो ३ बजेका लागि बैठक राखेको छ ।

बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पनि लिने गठबन्धनको तयारी छ । माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोले मत लिने निर्णय भएको जानकारी दिए ।

सभाको सञ्चालन अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?