शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो आइतवार २७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ८७ अङ्कभन्दा धेरैले बढेर दुई हजार ६ सय ७२ दशमलव २५ विन्दुमा पुगेको छ ।
‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ ।
केही दिनयता कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा आज भने चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आज दुई सय २९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता शेयर ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम दशैँ बिदापछिकै सबैभन्दा धेरै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?