आर्थिक चलखेल र यौन प्रस्ताव विरुद्व शिक्षक संगठन द्वारा ध्यानाकर्षण

तनहुँ  जिल्लामा शिक्षक सरुवा गर्दा शिक्षक नेताहरुले गरेको आर्थिक चलखेल र यौन प्रस्ताव गरेको बिषयलाई लिएर हिजो आइतवारअखिल नेपाल शिक्षक संगठन तनहुँले प्रेस विज्ञप्ति निक्लेर आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ ।

उक्त  प्रेस विज्ञप्ति भनेको छ यस्ता खालको बिकृति र  विसंगति क्रियाकलाप प्रति हाम्रो गौरवशाली संगठन खेद प्रकट गर्दछ । यस  बिषय उपर सम्बन्धित निकायले छानबिन र अनुसन्धन गर्नका  साथै कुनै पनि व्यक्ति  शिक्षक पेशागत संघ संघठन र राज्यशक्ति दुरुपयोग गरि यस्तो खालको हर्कत गरेको पुष्टि भएमा कानुनी कारवाही गर्न संगठनका संयोजक हेमलाल घिमिरेको टोली  प्रशासन सँग जोडदार  माग गरेका  छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?