ब्राह्मण  समाज शुक्लागण्डकीको अध्यक्षमा ऋषिराम

दमौली : ब्रह्माण समाज शुक्लागण्डकीको अध्यक्षमा ऋषिराम पौडेल चयन भएका छन् । शनिवार भएको समाजको अधिवेशनले अध्यक्षतामा ऋषिरामलाई चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा ज्योतिप्रकाश तिम्सिना, सचिवमा धर्माराज पौडेल, कोषध्यक्षमा केशवराज पौडेल चयन भएका छन् ।

समितिको सदस्यहरुमा लक्ष्मि लम्साल, इन्दिरा पौडेल, लक्षमण पौडेल, बोधराज गैह्रे, नेत्र नारायण गौतम, चेत नारायण पौडेल , उमाकान्त ढकाल, लक्षमण भण्डारी, श्रीराम अधिकारी,शरणा गर्तोल, पोषराज घिमिरे र महेश्वर गौतम सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खेम राज खनालले बताए ।

कार्यक्रममा ब्राहमण समाज नेपाल तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई ब्राहमण समाज नेपालको विधान बमोजिम पद तथा गोपनीयताको सपथ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?