पर्सिभिअरन्स रोभर गत फेब्रुवरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो । एजेन्सी

अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो । तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ । त्यसको पुष्टि मंगल ग्रहस्थित एउटा भू-उपग्रहमार्फत् आएको हो जसले पृथ्वीमा उक्त हेलिकोप्टरको डेटा पठाएको थियो ।
अन्तरिक्ष निकायले आउँदा दिनमा थप उत्साहप्रद उडानहरू गर्ने वाचा गरिरहेको छ । इन्जेन्युएटीलाई अझ लामो र उचाइमा उडान गर्न आदेश दिइने छ किनकि इन्जिनियरहरू प्रविधिको सीमितताको परीक्षण गर्न चाहन्छन्। उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मंगल ग्रह पुर्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?