दमौली : तनहुँको घिरिङमा भीरबाट लड्दा एक पुरुषको मृत्यु भएको छ।
शुक्रबार बिहान भीरबाट लड्दा घिरिङ गाउँपालिका- ३ ग्याजाका ६८ वर्षीय पदम बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सोही वडामा रहेको ग्याजा पैरेनी भिरबाट तल खस्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?