एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको एक हजार रन पूरा

काठमाडौं : नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

एसिया कप–२०२३ मा भारतविरुद्ध ६ रन बनाएसँगै कुशल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने तेस्रो ब्याटर बनेका हुन् । भारतविरुद्ध कुशल ३८ रनमा आउट भएका थिए ।

कुशलअघि नेपालबाट आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।

रोहितले एक हजार ४६९ रन बनाउँदा आसिफले एक हजार १९२ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?