दमौली : राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जिल्ला कार्य समिति तनहुँले बुधबार दमौलीमा आयोजना गरेको तीज गीत प्रतियोगितामा एकता महिला सशक्तीकरण संजाल विजयी भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ‘महँगी बिरुद्व कृषि क्रान्ति’ शीर्षकमा आयोजित दोस्रो तीज गीत प्रतियोगिता एवं विविध साँस्कृतिक कार्यक्रममा उक्त संजालले विजयी भएको प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए ।
एकता महिला सशक्तीकरणले २० हजार नगद प्राप्त गरे। द्वितीय स्थान सोही वडा स्थित भादगाउँ दरै आमा समुहले दश हजारमा चित्त बुझाए ।त्यसैगरी तृतीय हुन सफल व्यास– ५ स्थित नागपँधेरी आमासमुहले पाँच हजार प्राप्त गरे।
म्याग्दे गाउँपालिकाको बेदकालिका कृषक समुह र व्यास–१० सर्वज्योति आमा समुहले सान्तवना स्थान प्राप्त गरेका छन् । उक्त दुवै समुहले रु.दुई हजारका दरले नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
उत्कृष्ट समुहमा ऋषिङ्ग ग्याझा आमा समुह,अनुशासित समुहमा बेदकालिका कृषक समुह,समुह सहितको उत्कृष्ट नृत्यमा व्यास नगर आमा समुहकी सीता पौडेललाई एक हजारका दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सचिव अनुराग थापा मगरले जानकारी दिए ।
उक्त प्रतियोगिताको निर्णय संयोजकमा डा.ईश्वचन्द्र वाग्ले रहेका थिए भने सदस्यहरुमा संस्कृतबिद हरिसिं गुरुङ्ग र प्राध्यापक अस्मिता घिमिरे रहेकी थिइन् ।
त्यसैगरी जुरी निर्णयकमा मेघनाथ रिमाल,बिष्णु खड्का,बलिराम बिक र रमाकान्त ढुङ्गाना रहेका थिए । व्यास नगर उपप्रमुख इन्दिरा दरैले पुरस्कार प्रदान गरिएकी थिइन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?