व्यासमा कात्तिक ११ गते एष्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने (कुन कुन ठाउँमा लगाउदै पूर्ण विवरण सहित )

दमौली : व्यास नगरपालिकामा कात्तिक ११ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत भदौमा डोज डोज पहिलो लगाएका लक्षित समूहलाई दोस्रो डोज लगाउन लागिएको हो ।

खोप १८ वर्षमाथिका कक्षा १२ का विद्यार्थी, सौन्दर्य व्यवसायी, तरकारी व्यवसायी, शैलुन व्यवसायी, जनगणनाका कर्मचारी लगायतलाई लगाइनेछ। साथै व्यास नपाको सभाहलमा कात्तिक १२ र १४ गते पनि खोप सञ्चालन हुने भएको छ ।

आदिकवि भानुभक्त क्याम्पस व्यास -१ ,दमौली मावि व्यास -४  ,सत्यवती मावि व्यास -२ , महर्षि वेदव्यास संस्कृत मावि व्यास -३ , केरावारी आ. स्वा. केन्द्र व्यास -२  , उद्योग वाणिज्य संघ व्यास -२  , सिमलाटार आ. स्वा. केन्द्र व्यास -४ , पाथ्रा आ. स्वा. केन्द्र व्यास -७ र  गजुरे स्वास्थ्य चौकी  व्यास -९ मा  खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?