शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं : साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

बिहीबार नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । यसदिन बजारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको कारोबार भएको छ ।

आज शुभम पावर लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ । भने, बाराही हाइड्रोपापवर प्बलीक र सिटिजन म्युचुअल फण्ड २ ले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा लिबर्टी इर्नेर्जी कम्पनी ६ करोड १५ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?