‘व्यास नगर साइनिङ स्टार’ को ग्रान्ड फिनाले आज हुँदै

दमौली : जेसीआई व्यास नगरले साइनिङ स्टारको नवौं संस्करणको ग्रान्ड फिनाले आज गर्दैछ ।

व्यास नगर[पालिका-२ स्थित रोयल पार्टी प्यालेस मालेवगरमा भोलि दिउँसो ३ बजेदेखि ग्राण्ड फिनाले सुरु हुने आयोजक सीआइ व्यास नगरका कार्यकारी उपाध्यक्ष एवं मुल संयोजक अजर नागिलाले जानकारी दिए ।

यसपटक उपाधिका लागि २०  जना प्रतिस्पर्धामा छन् । अडिसनबाट छानिएको प्रतियोगिहरुलाई करिव १ महिनासम्म दमौलीमा विशेष प्रशिक्षण दिईएको थियो । प्रशिक्षणमा प्रतियोगिहरुले आ–आफ्नो प्रतिभा समेत देखाएका थिए ।

साइनिङ स्टारका विजेतालाई नगद रु २५ हजार २३, फस्ट रनरअपलाई १५ हजार २३  र सेकेण्ड रनरअपलाई १० हजार २३ पुरस्कार प्रदान गरिनेछ। त्यस्तैगरी अन्य १० वाट विधामा पनि  पुरस्कारको व्यवस्था रहेको छ ।

जसमा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने  व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

व्यास नगर साइनिङ स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेकाले यसले समाजलाई महत्त्वपूर्ण योगदान गरेको महासचिव श्रेष्ठले बताए  ।

प्रतियोगिताको ग्राण्ड फिनाले अवलोकनका लागि टिकटको व्यवस्था गरिएको छ । जेसीआई व्यास नगर साइनिङ स्टार सन् २०१३  देखि आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?