खड्का कार्यवाहक प्रधानमन्त्री

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकिएको छ ।

शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य खड्काले सम्हाल्ने गरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबारै बेलुका अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । उनी त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उनी मन्त्रिपरिषद्‌मा दोस्रो वरीयतामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?