व्यास नगरपालिकाले दियो साेमबार सार्वजनिक विदा

व्यास नगरपालिका

दमाैली  : तनहुँकोव्यास नगरपालिकाले हरितालिका तीज पर्वकाे अवसरमा साेमबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले नेपालीकाे महान् चाड तीजकाे अवसरमा असाेज १ गते साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे नगरपालिका प्रमुख प्रशासनिक अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

उक्त दिन नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र नगरपालिका मातहतका सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?