सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?