तनहुँ: व्यास नगरपालिका वडा -१ विज्ञानचौरमा अवस्थित आदिकवि भानुभक्त क्याम्पसको “व्यवस्थापन विद्यार्थी सर्कल”द्वारा रगतदान कार्यक्रम आयोजना सम्पन्न गरेका छन् ।
हाल जिल्लामा रगतको माग धेरै रहेकाले यसको माग पूर्तिलाई मध्यनजर गर्दै रगतदान कार्यक्रम आयोजना गरेको सर्कलका कार्यवाहक अध्यक्ष दिनेश बिश्वकर्माले जानकारी दिए ।
क्याम्पसको प्रांगणमा आज बिहिवार आयोजना गरेको उक्त कार्यक्रममा ३५ युनिट रगत संकलन भएको सर्कलका सचिव सुमन खडकाले जानकारी दिए ।
सर्कलका कार्यबाहक अध्यक्ष दिनेश बिश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदिप घिमिरे , नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्लाका उपसभापति ऋषिराम पोख्रेल ,सर्कलका प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले ,क्याम्पस संचालक समितिका अध्यक्ष व्रम्हदत्त तिमल्सेना, सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी र सागर पौडेल, सर्कलका संरक्षक क्याम्पस ब्यबस्थापन विभाग प्रमुख रामभक्त घिमिरे लगायतका क्याम्पसमा गठित भिविन्न क्लब तथा संघसंस्थाका प्रमुखहरुको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?