तमु विद्यार्थी छोंज धीद्वारा उर्गेन धार्गेलिङ्ग गुम्बा सरसफाई

दमौली :  नेपाल तमु विद्यार्थी छोंज धी तनहुँले संविधान दिवसको अवसर पारेर व्यास-३ देउराली नगर स्थित बौद्ध सदन उर्गेन धार्गेलिङ्ग गुम्बा परिसर सरसफाई गरेको छ ।

संस्थाका अध्यक्ष मिलन तमुको अध्यक्षतामा संविधान दिवसको अवसर पारेर बुधवार गुम्बा परिसरमा सरसफाई गरिएको हो ।

सो अवसरमा  तमु ह्युल छोंज धीं तनहुँका अध्यक्ष देवबहादुर तमु,तमु सेवा समाजका अध्यक्ष ढकल तमु मिलन तमु, आमा समुहका अध्यक्ष हस्त माया तमु सहभागी थिए ।

तमु विद्यार्थीको सौजन्यमा २ थान डस्टविन जिल्ला अध्यक्ष मिलन तमुले गुब्बाका अध्यक्ष हिरा प्रकाश तमुलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?