दमौली : तनहुँको व्यास नगरपालिकाले सदरमुकाम दमौलीमा कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । संविधान दिवसको अवसर पारेर आजदेखि व्यास–३ मा बुधबारे हाटबजार सञ्चालन गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।
नगर प्रमुखन्यौपानेले पालिकामा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको बताए।
संविधान दिवसको अवसरमा बुधवार हाटबजारको उद्घाटन प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले गरे । उनले युवामय हुँदै गएको नेपाल र प्रविधिमैत्री बन्दै गएको नेपालमा अबको समय अनलाइनको भएकाले यसलाई अनलाइनसँग जोड्न सक्नुपर्नेमा जोड दिए ।
एकादशि बजार, माघे संक्रान्ति बजार लगाय पुराना परम्पराका बजार हराउदै जान लागेपछि नगरले बुधबारे हाटबजार सुरु गरेको नगर प्रमुख न्यौपानेको भनाई छ । उनका अनुसार स्थानीय कृषि उत्पादन विक्री केन्द्र भनेर नगरले १३ वटा स्टल स्थापना गरेको छ । जहाँ निशुल्क रुपमा कृषकहरुले आफ्ना उपभोग्य वस्तु विक्री वितरण गर्न सक्ने छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?