रुटिन अफ नेपाल बन्द पुनः सुचारु

दमौली : यसअघि अनपब्लिस भएको फेसबुक पेज रुटिन अफ नेपाल बन्द (आरओएनबि) पुनः सुरु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा चर्चित सञ्चार माध्यम आरओएनबि बिहीबारदेखि सञ्चालनमा आएको हो । 

केही समय अगाडि काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को पुत्रीलाभको खबरको विषयलाई लिएर आलोचना भएपछि सञ्चालक भिक्टर पौडेलले सो पेज नै अनपब्लिस गरेका थिए । 

युवा वर्गमा विश्वासिलो सञ्चारमाध्यमका रुपमा स्थापित भइसकेको आरओएनबि अनपब्लिस भएपछि बजारमा सो पेजका फलोअर्सले दुख मानेका थिए । अधिकांशले रुटिन अफ नेपाल बन्द फिर्ता हुनुपर्ने मागसमेत गरेका थिए ।

सोही अनुसार बिहीबारदेखि रुटिन अफ नेपाल बन्द पेज सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?