चैतभित्र सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने पाउने

कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन प्रधानमन्त्री शेर बहादुर देउवाले सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । देउवाले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न निर्देशन दिएका छन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार  असोज मसान्तसम्म ३४ प्रतिशत नागरिकले मात्रा कोरोना खोपको पहिलो डोज र  २२ प्रतिशतले मात्रा दुबै डोजको खोप लगाइसकेका छन् ।

गत सोमवार  एक लाख डोज फाइजर खोप नेपाल आइसकेको छ ।अमेरिकाबाटै ४० लाख मोडर्ना, थप ४० लाख फाइजर र चीनबाट ४० लाख भेरासेल खोप आउने स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।तेस्तै माल्दिभ्स, क्यानडालगायतका मुलुकबाट पनि नेपालमा कोरोना खोप आउने सरकारले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?