काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पढ्न पाउने विद्यार्थीको अधिकार कुण्ठित नगर्न शिक्षक संगठनहरूलाई आग्रह गरेको छ । बिहीबार महामन्त्री मुकुल ढकालले एक विज्ञप्ति जारी गरी शिक्षकहरूको पेशागत विकासका मागहरूमा एकै ठाउँमा उभिन तयार रहेको पनि उल्लेख गरेका छन् ।
‘शिक्षकहरूको पेशागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौँ,’ रास्वपाले भनेको छ, ‘आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौँ ।’
शिक्षकहरू राजनीतिक दलको भ्रातृ संगठनको रूपमा रहन नहुने पनि रास्वपाले उल्लेख गरेको छ । ‘शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहन नहुने हाम्रो नीति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षक जस्तो मर्यादित र अतिसम्मानित पेशालाई सरकारबाट कहिलै उचित व्यवहार नभएको रास्वपाले उल्लेख गरेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?