शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्छ : विष्णु रिमाल

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिन आग्रह  गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत शिक्षकहरूको आन्दोलन लम्बिँदा मुलुकलाई झनै क्षति पुग्ने बताए ।

“शिक्षा विधेयकको विरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा छन् । यस आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरिरहेको छ । आन्दोलनको कारण छ । तर यो आन्दोलन जति लम्बिन्छ, उत्ति नै मुलुकलाई क्षति पुग्छ,” उनले लेखेका छन् ।

सरकारले शिक्षकका गुनासा टार्ने नभएर सम्बोधन गर्ने गरी वार्तालाई सार्थक बनाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?