किन बन्द भयो खुलेको ३ दिनमै लाइसेन्सका आवेदन

किन बन्द भयो खुलेको ३ दिनमै लाइसेन्सका आवेदनकाठमाडौँ — सवारीसाधनको लाइसेन्सका लागि अनलाइन आवेदन खुलेको ३ दिनमै फेरि बन्द हुन पुगेको छ ।
यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको भन्दै लाइसेन्स आवेदन बन्द गरेको हो । विभागले वेबसाइटमा समेत सूचना निकाल्दै लाइसेन्स आवेदनको अत्याधिक चापले गर्दा सर्भरमा समस्याआएको भन्दै केही समय पछि यो समस्या समाधान हुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिएका छन् ।

विभागको तथ्यांक अनुसार लाइसेन्स आवेदनका लागि करिब ९ लाखले फारम भर्ने प्रयास गरेको जनाएको छ।

कोरोना महामारीका कारण वैशाखदेखि बन्द भएको सवारीसाधन लाइसेन्सको आवेदन गत सोमबार साँझबाट खुलाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?