दमौली : नेपाल पत्रकार महासंघ तनहूँका निवर्तमान अध्यक्ष ओमकार आचार्य प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
काठमाडाैमा आयाेजित कार्यक्रममा प्रेस काउन्सिलकाे ५४औँ वार्षिकाेत्सवकाे अवसरमा आचार्यलाई शनिबार उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।
दमौलीमा रहेको मादीसेती एफएमको म्यानेजर स्टेसन म्यानेजर र मादीसेती प्रवाह दैनिकका सम्पादक समेत रहेका आचार्यलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमाणपत्र र नगद हस्तान्तरण गरिन् ।
पत्रकारिता मार्फत समाज रुपान्तरणमा सकारात्मक भुमिका निर्वाह गरेको भन्दै काउन्सिलले उहाँलाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।
पुरस्कार तथा सम्मान ग्रहण गर्दै निरौलाले आम सञ्चार माध्यम मार्फत थप जिम्मेवार हुदै समाजमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारका विरुद्ध खबरदारी गर्ने बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?