
लगातार बढेको सुनको भाउ आज शुक्रबार भने घटेको छ ।
बिहिबार सम्म ९२ हजार ४ सय रुपैयाँ कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । सुन आज तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?