बझाङमा फेरि ५.३ रिक्टरको भूकम्प

बझाङ : सुदूर पश्चिमको हिमाली जिल्ला बझाङमा शनिबार फेरि भूकम्पको धक्का महसुस भएको छ।

बिहान ११ : ४५ बजे ५.३ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

मंगलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता लगातार रूपमा परकम्पहरू गइरहेका छन्।

भूकम्पको क्षति अवलोकन र व्‍यवस्थापनका लागि भन्दै हिजो प्रधानमन्त्रीसहित उच्च सरकारी टोलीसमेत बझाङ पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?