बेनी-जोमसोम सडक निश्चित समयमा मात्रा खुल्ने

 बेनी-जोमसोम सडक खण्ड केहि समयको लागि निश्चित समयमातोकेर खुल्ने भएको छ । बेनी-जोमसोम सडक खण्ड अन्तर्गत अन्नपूर्ण गा.बि.स वडा नं. ०३ दाना काभ्रेभीर सडक खण्ड मर्मत  तथा स्तरउन्नति गर्ने भएकाले समय तालिका सार्बजनिक गरेको छ।

उक्त  सडक खण्डमा अब प्रत्यक दिन बिहान ७ :०० देखि ११:०० बजे सम्म र दिउँसो १:०० बजे देखि ५ बजे सम्म बन्द हुने भएको छ । तेसो त प्रत्यक दिन बेलुका  ५ :०० देखि बिहान ७:००  बजे सम्म र बिहान  ११:०० बजे देखि दिउँसो १:००  बजे सम्म खुल्ने गरि सूचना सार्बजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?