सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ ।

छापावाल सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भइरहको छ ।

यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?