दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजका लागि तय गरिएका सबै कार्यक्रमहरू स्थगित गरिएको छ ।
शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा दुलेगौंडामा हुने कार्यक्रम लगायत पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जिल्ला संयोजक विकास सिग्देलले जानकारी दिए।
शोकको यो दुःखद घडीमा सोमबारका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु, रास्वपाका सभापति रवि लामिछानले फेसबुकमार्फत भनेका छन् ।
उनले घाइतेहरूको उपचार, बेपत्ताहरूको खोजी, सुरक्षित स्थानान्तरण एवं स्वदेश फिर्ता प्रक्रियामा ढिलाइ नगर्न पनि आग्रह गरको छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?