जलदेबी मा.बि मा वक्तृत्वकला र चित्रकला कार्यक्रम सम्पन्न

दमौली : श्री जलदेवी माध्यमिक विद्यालयमा शुक्रबार वक्तृत्वकला र चित्रकला प्रतियोगिता एकसाथ सम्मपन्न भएको छ ।

रूम टु रीडको १०औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालिका शिक्षा कार्यक्रम सञ्चालित १२ वटा विद्यालयका कक्षा ७, ८ र ९ मा अध्ययनरत बालिकाहरू बिच विभिन्न शीर्षकमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन भएको थियो । विद्यालयमा कक्षा ७ का विद्यार्थीहरूबिच चित्रकला र ८ र ९ कक्षाका विद्यार्थीहरूबिच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
विद्यालय व्यवस्थपान समितिका अध्यक्ष होम बहादुर वस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

“डिजिटल युग हाम्रो पुस्ता” शीर्षकमा विद्यार्थीहरूले आफ्नो चित्रकला प्रस्तुत गरेका थिए । सो प्रतियोगितामा कक्षा ७ का विद्यार्थीहरूको राम्रो सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रा सुजता कँडेल प्रथम हुन सफल भएकी छन्, बिनोद थापा द्वितीय, सुमिन रामदाम तृतीय र रोजिना नेपाली सान्त्वना हुन सफल भए।

तेस्तै” डिजिटल विद्यालय आजको आवश्यकता” शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ८ र ९ का विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएका उक्त प्रतियोगितामा कक्षा ९ कि छात्रा अनुषा परियार प्रथम, कक्षा ९ कै छात्र विजय सेढाइ द्वितीय, कक्षा ९ कै छात्रा शिवानी दर्जी तृतीय र कक्षा ८ कि छात्रा सुस्मिता दुलाल सान्त्वना भए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहोम बहादुर वस्नेत तथा सदस्य धनराज हड्खलेले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए साथै अध्यक्ष वस्नेतले विजेताहरूलाई बधाइ समेत दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?