
व्यास-२ स्थित नव ओरेण्टल बचत तथा ऋण सहकारी संस्था १२ को नवौं वार्षिक साधारण सभा एबं चौथो अधिबेशन सम्पन्न भएको छ। संस्थाको अध्यक्ष सुरेस कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामासभाको उद्घाटन प्रमुख अतिथी तनहुँ उद्योग बाणिज्य सघंका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठले गरे।तेस्तै बिशिस्ट अतिथि राष्ट्रिय सहकारी बैंक दमौली शाखाका प्रमुख उपेन्द्र खनाल, अतिथिहरुमा संचालक समितिका समितिहरु,लेखापरीक्षण समितिहरु विभिन्न संस्था प्रतिनिधिहरु तथा सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि श्रेष्ठले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्ने आवश्यकता रहेको पनि विचार व्यक्त गरे।यो कठिन समयमा प्रतिस्पर्धा गर्ने पर्ने बध्याता रहेकोले सम्पुर्ण सेयर सदस्यहरुलाई सकृय भएर लाग्नु पर्ने बताएका छन् ।सहकारीको आफ्नै कार्यविधि चुस्ता र दुरुस्त हुनु पर्ने जोड दिदै दिपावली तथा छडको शुभकामना सहित सस्थाको प्रगतिको कामना गरेका थिए ।
तेस्तै बिशिस्ट अतिथि खनालले दिपावली तथा छडको शुभकामना दिदै सहकारीको ऐन र ब्यावस्थाको साथै कर्मचारीको कार्य बिधिको बरेमा सजकता गरएका थिए ।अबको समयमा प्रतिस्पर्धा हुने भएकोले बचत भन्दा पनि सेयर सदस्यको जोड दिनुपर्ने बताए ।उक्त कार्यले मुनाफामा वृद्धि गर्न सकिने भएकालेे सा-साना सहकारीको एकीकरणको विकल्प खोज्नु पर्ने समेत बताएका छन् । साथै अन्य अतिथि हरुले समेत शुभकामना मतब्य राखेका थिए ।
अधिबेशनका सभापति श्रेष्ठको सम्पन्न अधिबेशनलाई समापन गर्दै साधारण सभालाई सभ्य र भब्य गराउने उपस्तिथि प्रमुख अतिथि,बिशिस्ट अतिथि ,अतिथि सम्पूर्ण सेयर सदस्यहरुलाई ब्यक्तिगत र संस्थाकाको तर्फबाट धन्यवाद दिदै शुभ दिपवली र छ्डको शुभकामना समेत व्यक्त गरे। सभापति श्रेष्ठले अध्यक्षको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाकि कोष अध्यक्ष रेवता सपकोटा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष ०७७/०७८ मा १ करोड २० लाख १५ हजार ९ सय रुपैंया शेयर पूँजी तथा १करोड ५५ लाख ८९ हजार २ सय बवन्न रुपैंया १७ पैसा निक्षेप बचत संकलन गरेको जानकारी दिए। त्यसैगरी आर्थिक वर्ष ०७७/०७८ मा ४२ लाख ७७ हजार ३० रुपैंया कर्जा लगानी गरी १ करोड ४६ लाख ४२ हजार ६ सय ६० रुपैंया ९३ पैसा बचत ब्याज खर्च संकलन गरेको जानकारी समेत जानकारी दिए।
संस्थाले जेष्ठ सेयर सदस्य शिवहरी आचार्यलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।
संस्थाको १२ औं वार्षिक साधारण सभा एबं चौथो अधिबेशनबाट नयाँ कार्य समिति सर्बसम्मत चयन भएका छन् ।अध्यक्षमा सुरेश कुमार श्रेष्ठ,उपअध्यक्ष मन माया श्रेष्ठ,सचीव प्रकाश हड्खले,कोष अध्यक्ष रेवता सपकोटा,सदस्य सम्झना श्रेष्ठ,जिवान शाही,भेष माया राना चयन भएका छन् ।तेस्तै विभिन्न उपसमिति अन्तर्गत ऋण समयोजकमा सम्झना श्रेष्ठको समयोजकतमा सदस्य राम नारायण कर्माचार्य,लेखा समितिमा क्य. सुर्य कुमार मल्लको समयोजकतमा दुर्गा बिलास भट्टराई,सबित्री सुबेदी,र रेशम लाल पौडेल चुनिए भने शिक्षा समितिको समायोजकमा गिता अधिकारी चयन भए ।तेस्तै सदस्यमा चन्द्रबती कमली नहर्की र शान्ति बस्नेत सर्बसम्मत चुनिएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?