चितवनको माडीमा करेन्ट लागेर युवाको मृत्यु

चितवन : चितवनको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बन्यजन्तुलाई बस्ती पस्नबाट रोक्नका लागि राखिएको सोलार फेन्समा करेन्ट लागेर बिहीवार साँझ माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षिय बिकल्प सुवेदीको मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा सुवेदीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते हुनुभएका सुवेदीको उपचारका लागि बसन्तपुरस्थित बघौडा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

अस्पतालले साँझ ८ः३० बजे मृत घोषणा गरेको थियो । मृतक सुवेदीको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?