रोट्रयाक्ट क्लव अफ त्रिभुवन युनिभर्सिटीको अध्यक्षमा तनहुँका विवेक

दमौली : रोट्रयाक्ट क्लव अफ क्लव अफ त्रिभुवन युनिभर्सिटीको अध्यक्षमा तनहुँका विवेक भट्टराई चयन भएका छन् । क्लवका संस्थापक समेत रहेका भट्टराई कार्यक्रममा वर्ष २०२३/०२४ का अध्यक्षमा चयन भएका हुन् ।

साथै वर्ष २०२३/२४ का पदाधिकारी तथा डाइरेक्टरहरुलाई शनिवार सपथ ग्रहण गराइएको छ ।

जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष ले क्लबको गरिमालाई थप उच्च बनाउन प्रतिवद्ध भएर लाग्ने बताए । साथै उनले क्लब मार्फत समाज रुपान्तरणका लागि हुदै आएका कार्यक्रमहरुलाई निरन्तरता दिने र केही नयाँ कामहरुको सुरुवात गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

निर्वाचित अध्यक्ष भट्टराईलाई रोटरी क्लव अफ किर्तिपुरका अध्यक्ष दामोदर रेग्मीले सपथ ग्रहण गराएका थिए भने अन्य निर्वाचित पदाधिकारीलाई अध्यक्षले सपथ ग्रहण गराएका थिए ।

वर्ष २०२३/२४ का लागि  प्रेसिडेन्ट इलेक्टमा दिपा आचार्य,उपाध्यक्षमा दिपक ढकाल, सचिवमा प्रशंसा भट्टराई, कोषाध्यक्षमा निरन्जन पन्त, सह–सचिवमा बशुन्धरा आचार्य चयन भएका छन् ।

क्लब सर्भिस चेअरमा पुनम हमाल, कमिनिटि सर्भिस चेअरमा सन्तोष बस्नेत, प्रोफेसनल सर्भिस चेअरमा दक्षिण श्रेष्ठ, इटरनेशनल सर्भिस चेअरमा अनुष्का शाक्य,टि.आर.एफ चेअरमा सुष्मा नेपाली, आइटी अफिसरमा नवराज आस्थी र एस.ए.पी. चेअरमा  धावा लामा चयन भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा पुजा सुनार, गोपाल मार्कन, जनक धामी, अस्मिता अधिकारी चयन भएका छन ।

कार्यक्रममा रोटरी क्लवका डिजी राजेन्द्र प्रसाद ढोजा, डीआरआर रोशन कार्की, प्राध्यापक डा . ध्यानेन्द्र बहादुर राई, प्राध्यापक डा .हिरा बहादुर महर्जन लगायत उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?