दमौली : तनहुँको व्यास नगरपालिका–५ पाटनमास्थित खेलकुद मैदानमा जारी ‘दोस्रो पाटन महोत्सव’मा श्याम रानाको प्रस्तुतिमा दर्शक झुमेका छन् ।
सोमवार रानासँगै संजिव सिङ राना र अनुराग थापालगायतको समेत प्रस्तुति रहेको थियो । पाटन युवा क्लबको आयोजनामा भएको महोत्सवमा सोमवार ५ हजार बढी दर्शक उपस्थित भएको जनाइएको छ ।
आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गरेको क्लबका अमरबहादुर थापाले जानकारी दिए।
रमाइलो मेला, फुटवल, भलिवल प्रतियोगिता समेत हुने महोत्सवमा प्रवेश गर्नका सामान्य व्यक्तिका लागि ८० रुपियाँ र विद्यार्थीका ५० रुपियाँ टिकट दर तोकिएको छ । साथै ८ बर्ष मुनिका , जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
१५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करीब ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी २० लाख र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ ।
हरेक दिनमा महाेत्सव हेर्न टिकट काटेर जाने दर्शकको लागि कार्यक्रम सकिने अन्तिम दिनमा ४ गते संलग्न टिकटहरू बाट १ जनालाई चिठ्ठा पर्ने गरि खुल्ला रूपमा खाेलिने र त्यो रकम १ लाख हुने महाेत्सवका व्यवस्थापक अजित राइले जानकारी दिए ।
त्यति मात्रै हाेइन हरेक दिनमा ३ जना लाई आकर्षक बम्पर उपहारको समेत महाेत्सवमा व्यवस्था मिलाइएको छ । १ लाख पाउने १ जना र महाेत्सव अबधि १० दिनभरी हरेक दिन ३ जनाको दरले ३० जना गरि ३१ जनाले महाेत्सवमा गाेलाप्रथा द्वारा उपहार पाउने छन् ।
महाेत्सव आयाेजकले महाेत्सव स्थल भित्र खुल्ला भलिबल प्रतियोगिता समेत आयाेजना गरेको छ । आइतबार बाट सुरु भएको भलिबल प्रतियोगितामा साेमबार दमाैली र छाब्दिका टिमलाई पराजित गर्दै खैरेनीटार र सत्यवति स्कुलका टिम बिजय भएका छन् ।
महोत्सव असोज २४ देखि कात्तिक ४ गतेसम्म चल्नेछ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?