माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको २ लाख १ हजार ६ सय मात्रा खोप गए राति काठमाडौँ आइपुगेको छन् ।
उक्त खोपलाई अहिले टेकुस्थित खोप भण्डारण कक्षमा राखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।
नेपालमा हालसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?