काठमाडौं : हमासले अक्टोबर ७ मा भएको आक्रमणमा बन्धक बनाएका दुई अमेरिकी नागरिकलाई रिहा गरेको छ। आक्रमणपछि बन्धकको यो पहिलो रिहाइ हो।
राष्ट्रपति जो बाइडेनले उनीहरूको रिहाईमा खुसी व्यक्त गर्दै एक विज्ञप्ति जारी गर्दै अन्य १० जना अपहरणमा परेका अमेरिकी नागरिकको रिहाइका लागि २४ घण्टा काम गरिरहेको बताएका छन्।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति बिडेनले जुडिथ र नतालीसँग फोनमा कुरा गरेका छन्। महिलाको रिहाइमा सहयोग गर्ने संस्था रेडक्रसले यो रिहाइ आशाको किरण भएको बताएको छ।
बन्धकहरुको रिहाइपछि सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बन्धकहरुको रिहाइमा कतारले मध्यस्थता गरेको बताए। यद्यपि उनले यसबारे विस्तृत जानकारी भने दिएनन्।
रिहा भएका बन्धकहरुको स्वास्थ्य अवस्थाबारे पत्रकारहरूले सोध्दा उनले मेडिकल टोली भर्खरै पठाइएको बताए। तर, सार्वजनिक भएको पहिलो तस्विरमा जुडिथ र नताली सैनिकको हात समातेर हिँडेको देखिन्छ।
हमासले सबै नागरिक बन्धकहरूलाई रिहा गर्न मध्यस्थकर्ताहरूसँग काम गरिरहेको बताएको छ। सुरक्षा स्थितिमा सुधार भए बन्धकहरूलाई रिहा गरिनेछ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?