लायन्स क्लब अफ तनहुँ दमौली द्वारा कपडा वितरण

दमौली : लायन्स क्लब अफ तनहुँ दमौलीले विजया दशमिकाे अवसरमा लायन्स् कपडा बैंकद्वारा व्यास-११,मा बसाेबास गर्ने चेपाङ समुदाय तथा निम्न वर्ग समुदायका ३०० जनालाई कपडा बितरण गरेकाे छ।

वडाध्यक्ष दल बहादुर दुराले धन्यवाद प्रकट गर्दै अगामी दिनहरुमा थप सहयाेगकाे अपेक्ष राख्दै क्लब र जनप्रतिनिधि मिलेर काम गरेमा वडा समृद्ध हुने बताए।

क्लबका ओमराज श्रेष्ठले मानवता को सेवानै धर्म हो भन्ने भाब ले कार्यक्रम गरेकाे र प्रत्येक बर्ष कपडा बैंकद्वारा कपडा वितरण गरिएको बताए।

व्यास -११ का वडा सदस्यहरु गाेकुल राना,ईन्दिरा अधिकारि,कमला वि.क.लायन्स कल्ब ३२५  राजकुमार श्रेष्ठ”राकु”, जामुने टाेल बिकास संस्थाका अध्यक्ष बिरेन्द्र अधिकारी, नेका वडा सभापति क्याप्टेन देब बहादुर थापा त्यस्तै अतिथिमा कल्बका तृतिय उपाध्यक्ष मनबहादुर रुचाल, क्लवका एल सी आई एफ सन्तोष दाहल र क्लबका सदस्य सराेज जमरकट्टेल रहेका थिए।

कार्यक्रम क्लबका सचिव सुदिप न्याैपानेले सच्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?